नेकपा विभाजन भए कांग्रेससँग ओलीको गठबन्धन सरकार!


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चरम विवादले फुटको संघारमा पुगेको बताइएको छ। यहि मौकामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा गठबन्धन सरकारको प्रस्ताव गरेको बताइएको छ।

यस विषयको स्वतन्त्र पुष्टि नभए पनि नेकपा विभाजन भएको खण्डमा भोली बन्ने नयाँ दलसँगको गठबन्धन सरकारमा आफूलाई प्रधानमन्त्रीमा निरन्तरता गर्दै सरकारका अन्य मन्त्रालयमा सम्मानजनक बाँडफाँटका लागि ओलीको प्रस्ताव रहेको बताइएको छ।

यद्यपि संवैधानिक निकाय तथा विभिन्न नियुक्तिका काम बाँकी रहेका कारण प्रमुख प्रतिपक्षी दलले पाउने हिस्सेदारीका विषयमा कुराकानी भएको बताइएको छ। नेकपा अहिले नै विभाजनमा जाने अवस्था नआउन सक्ने भएकाले यी हल्लाहरूमा आंशिक सत्यता हुन सक्ने तर पूर्ण नहुने कतिपयले बताएका छन्।

नेकपा सचिवालयको बैठक आगामी शनिबार बस्ने तय भएको छ जहाँ ओलीको जवाफी प्रस्ताव तयार भएको छ। आगामी सचिवालयको बैठकबाट नेकपाको विवाद फुटकै चरणमा पुग्ने पनि बताइन्छ।

प्रतिक्रिया