

प्रचण्डपत्नी सीताको स्वास्थ्यअवस्था बुझ्न रामचन्द्र पुगे खुमलटार

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।
राजनीतिक भेटघाटका क्रममा गएका पौडेलले सोही अवसरमा प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिँदै दाहालसँग भेट गरेको प्रचण्डपुत्री गंगा दाहालले उल्लेख गरेकी छिन् ।
यसअघि कांग्रेस सभापतिले प्रचण्ड निवासमै पुगेर बिरामी सीतासँग भेट गरेका थिए ।

