

संसदीय समितिको बैठकमा नारदमुनी राना र माधव नेपाललगायतका सांसदबीच भनाभन

काठमाडौं– संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनी राना र नेता माधव नेपाललगायतका सांसदबीच भनाभन भएको छ।
बैठकमा नबोलाएको भन्दै सांसद रानाले यो सरकार परमादेशले बनेको भनेपछि भनाभन भएको हो। नेता नेपालले प्रतिगमनको साथ दिएको भन्दै बैठकबाट निस्कन रानालाई भनेका थिए।
त्यसपछि अन्य सांसद पनि रानामाथि खनिएका थिए। तर समिति सभापति पवित्रा निरौलाले भने यो राजनीतिक दलको कार्यक्रम नभएका कारण समितिको एजेन्डामाथि छलफल गर्न निर्देशन जारी गरेकी थिइन्।

