फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा


काठमाडौं – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन्।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको जानकारी दिएका छन्। गत चैतमा मात्र उनलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।

‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरोबारेमा नाटक गरेका छन्,’ उनले नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया