सुचेन्द्र श्रेष्ठ प्रकरणः थानकोट चौकी अगाडि स्थानीयहरु आन्दोलनमा (फोटोफिचर)


काठमाडौं – करिव १५ दिन अगाडि थानकोटस्थित त्रिभुवनपार्क नजिकै टिप्परको ठक्करबाट घाइते भएका स्थानीय सुचेन्द्र श्रेष्ठको मृत्यु भएपछि आज स्थानीयले त्रिभुवन राजपथ बन्द गरेका छन्।

टिप्परको ठक्करबाट घाइते भएका चन्द्रागिरी नगरपालिका–४ का २८ वर्षीय श्रेष्ठको मेडिसिटी अस्पतालमा मृत्यु भएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन्।

चित्लाङ काठमाडौं सडकखण्डमा पर्ने गणेश राजमार्ग बाटो खन्ने क्रममा निस्केको ढुङ्गा बोक्ने टिप्परको ठक्करबाट श्रेष्ठ सवार स्कुटर क्षतविक्षत भएको थियो।

पिडीत पक्षले चन्द्रागिरी– ४ मा भैरहेको प्राकृतिक दोहन बन्द गर्नुपर्ने माग गरेका छन् भने मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि दवाव दिएका छन्।

अहिले सो क्षेत्रमा ठूलो संख्यामा दंगा प्रहरी परिचालन गरिएको छ। स्थानीयको विरोध प्रदर्शनका कारण राजधानीबाट बाहिर जाने र भित्र प्रवेश गर्ने हजारौं सवारी साधन बाटोमै रोकिएका छन्।

आक्रोशित स्थानीयले ढुङ्गामुढा समेत गरिरहेका छन्।

तस्बिर: रोशन दानी

प्रतिक्रिया