
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका सिडिओको बैठक बस्दै, निषेधाज्ञा थप गर्ने तयारी
काठमाडौं – कोरोना संक्रमण फेरी बढ्न थालेपछि स्थानीय प्रशासन कार्यालयले निषेधाज्ञा थप गर्ने भएको छ । निषेधाज्ञा थप गर्न आज काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैंछ।
बैशाख १६ गते देखि जारी निषेधाज्ञा पछिल्लो पटक १० दिनको लागि थप गरिएको काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैंछ ।
हाल नेपालमा कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘बैठक बोलाइएको छ । सम्भवतः निषेधाज्ञा थप गर्ने तयारी गरिरहेका छौँ,’ उनले भने ।
काठमाडौं उपत्यकाभित्र पछिल्लो समय दैनिक ३ सयसम्म झरेको कोरोना संक्रमितिको सङ्ख्या अहिले बढेर ७ सय नाघेको छ। सार्वजनिक सवारी, पसल लगायतका क्षेत्र खुल्ला गर्दा पुनः कोरोना संक्रमण बढेको सम्बन्धित निकायका विज्ञहरूले सिडिओलाई जानकारी दिएका छन्। त्यसैले निषेधाज्ञा थप केही क्षेत्रलाई कडाइ गरेर ल्यौजाने भन्ने विषयमा पनि छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।
होटेल तथा रेष्टुरेष्टमा टेकअवे सेवा दिन भनेपछि त्यस्तो नभएकाले यस क्षेत्रलाई थप कडाइका साथ अनुगमन गर्ने भन्ने विषयमा तयारी भइरहेको छ।
शनिवारबाट लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्न खुल्ला गरिएको छ।



कागजपत्र |
