त्रिभुवन विमानस्थलमा हृदय विदारक दृष्य, मलेसियाबाट एकैपटक आयो तीन अस्तुसहित २७ नेपालीको शव


काठमाडौं – लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २७ जना नेपाली कामदारको शव शनिबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । जसमा ३ जनाको अस्तु मात्रै छ ।

मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ ।

शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो । यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ ।

कोरोना भाइरस संक्रमणको माहामारीका कारण अन्तर्राष्ट्रिय उडान रोकिएकोले समयमा नै शव ल्याउन सकेको थिएन । शनिबार त्रिभुवन विमानस्थलमा आफन्तको शव बुज्न गएका परिवारका सदस्यले भरिएको दृश्य हृदय विदारक थियो ।

प्रतिक्रिया