

चीनकी याङ किएनले जितिन् टोकियो ओलम्पिकको पहिलो स्वर्ण

काठमाडौँ – जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् ।
सुटिङको महिला १० मिटर एअर राइफल प्रतिस्पर्धामा २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१. ८ को ओलम्पिक रेकर्ड स्कोर बनाइन् ।
रसियन ओलम्पिक कमिटीकी गालासिनले रतज जितिन । उनले १५१.१ स्कोर गरेकी थिइन् ।
स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कास्य पदक पाइन् ।
यसै स्पर्धामा नेपाली खेलाडी कल्पना परियारले व्यक्तिगत कीर्तिमान सुधार गरेकी छन् । तर उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन्।

