प्रचण्ड र नेपाललाई वैद्यको सुझाव : प्रधानमन्त्रीको लोभ त्यागौं, कम्युनिष्टहरु मिलाैं


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी मोओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न सुझाव दिएका छन् ।

४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जानुपर्नेमा जोड दिँदै यस्तो बताएका हुन् ।

सोही क्रममा उनले नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताए । सम्बोधनकै क्रममा उनले सरकार, संसद र सडकमा भएका कम्युनिष्टहरु एक ठाउँमा उभिनु पर्ने भन्दै उनले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जान उपयुक्त नहुने बताए ।

केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको भन्दै नेता वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भनेर प्रश्न समेत गरेका थिए ।

 

प्रतिक्रिया