
थप ६ जना मन्त्रीले लिए शपथ, जसपाले गर्यो बहिस्कार
काठमाडौं – प्रदेश प्रमुख सीता कुमारी पौडेलले गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुलाई सपथ खुवाएकी छन्। आफूहरुसँग भएको सहमति उलंघन भएको भन्दै जनता समाजवादी (जसपा)ले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गरेको छ।
कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका हुन्।
यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन्।
त्यसैगरी माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन्।
गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य छन्।



कागजपत्र |
