

रावलले फिर्ता लिए राजीनामा, ओलीले सुझाव दिएका थिए

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भिम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।
प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको दिन ३ साउनमा उनले राजीनामा दिएका थिए। एमाले अध्यक्ष ओलीले राजीनामा फिर्ता गर्नका लागि उनलाई सुझाव दिएका थिए।
उनी एमाले एकता कार्यदलमा नेता माधवकुमार नेपालका तर्फबाट संयोजक छन्।

