

इण्डोनेसियामा आँधीका कारण १८ डुङ्गा दुर्घटना : २४ को मृत्यु, ३१ जना घाइते

काठमाडौं – इण्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिए ।
उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन् । उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन् । बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको बताइएको छ ।
खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको संख्या अझ धेरै हुनसक्ने उद्धारकर्ताले बताएका छन् । इण्डोनेसियामा सामुद्रीक आँधी बेला बेलामा आइरहने र ठूलो मानवीय क्षति भइरहने गरेको छ ।

