गलत परम्परालाई तोड्दै अबदेखि कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने


काठमाडौं – कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने बताएका छन् ।

बिहीबार दिउँसो ट्विटरमा उनले लेखेका छन्, ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’

महामन्त्री खड्काले कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक साउन ८ गते बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बताएका छन् ।

पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेको भन्दै आलोचना भएपछि देउवाले आफ्नै निजी निवासमा बैठक बोलाएका हुन् । पार्टी कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरु धर्नामा बसेपछि कांग्रेस पदाधिकारी बैठक बुढानिकलण्ठमा राखिएको एक नेताले बताए ।

 

प्रतिक्रिया