भाडा समायोजन लगायत माग राख्दै यातायात व्यवसायी प्रदर्शनमा, विभाग घेराउ गर्दै


काठमाडौँ । यातायात व्यवसायीहरू सवारीसाधनसहित प्रदर्शनमा उत्रिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घको आह्वानमा यातायातको भाडा, कोरोनाविरुद्ध खोपलगायतका विभिन्न माग राख्दै सवारीसाधनसहित यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सवारीसाधनसहित सडक प्रदर्शनमा निस्किएका पदर्शनकारीहरुले ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।

२०६९ सालपछि वैज्ञानिक भाडा समायोजन नभएकाले आन्दोलन गर्नुपरेको सार्वजनिक यातायात केन्द्रीय महासङ्घले जनाएको छ ।

आन्दोलनरत यातायात व्यवसायीहरूले सवारीसाधनसहित यातायात व्यवस्था विभागको कार्यालय घेराउ गर्ने बताएका छन् ।

प्रतिक्रिया