प्रधानमन्त्री निवास बालुवाटारमा आरजुले रोपिन् तुलसी


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेत्री आरजु राणाले सरकारी निवास बालुवाटारमा तुलसी रोपेकी छन्।

हरिशयनी एकादशीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा तुलसी रोपेको राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

उनले भनेकी छन्,‘ आज हरिशयनी एकादशीको पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशिर्वाद लिईयो। हरिशयनी एकादशीको मंगलमय शुभकामना।’

देउवा केही दिन अघि मात्र बालुवाटार निवासमा सरेका थिए।

प्रतिक्रिया