एमालेले देउवालाई विश्वासको मत नदिने, दिने सांसद एमाले नरहने !


काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन नगर्ने भएको छ ।

ललितपुरको च्यासलमा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री देउवालाई जुनसुकै हालसमा पनि समर्थन नगर्ने निर्णय गरेको हो ।

स्थायी कमिटीको बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले प्रतिनिधि सभा संसदमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवालाई समर्थन वा मत दिने आफना सांसदहरु एमालेमा नरहने बताएका छन् ।

प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने तयारीमा छन् ।

प्रतिक्रिया