पछिल्लो २४ घण्टामा १८७५ जनामा संक्रमण पुष्टि, २१ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १८७५ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको १० हजार ६६ जनाको परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको छ ।

त्यस्तै गत २४ घण्टामा देशभरबाट २ हजार १६४ जना कोरोनामुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५२७ पुगेको छ ।

प्रतिक्रिया