देशभरका ३ सयभन्दा बढी खोप केन्द्रबाट खोप लगाउने सरकारीको तयारी


काठमाडौं – स्वास्थ्य मन्त्रालयले देशभरका सबै खोपकेन्द्रबाट खोप लगाउने तयारी सुरु गरेको छ ।

खोप केन्द्रहरुमा कोरोना विरुद्धको खोप लगाउनेहरुको भीड भएपछि मन्त्रालयले खोप केन्द्र सञ्चालन भएका देशभरका  ३ सय भन्दा बढी अस्पताल तथा खोपकेन्द्रहरुमा जनशक्ति व्यवस्थापन गर्न सम्वन्धित निकायलाई निर्देशन दिँदै सबै केन्द्रबाट खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोरोना खोप तोकिएका खोप केन्द्रबाट मात्रै लगाउने व्यवस्था थियो तर अब सबै खोप केन्द्रबाट खोप लगाउन पाइने भएको छ । साथै मन्त्रालयले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिने योजना भइरहेकाले पालो अनुसार खोप लगाउन आग्रह गर्दै खोप केन्द्रहरुमा भीड नगरिदिन सर्वसाधरणलाई आग्रहसमेत गरेको छ ।

७७ वटा जिल्लामा ३००भन्दा बढी खोप केन्द्र रहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रहरुमा भीड बढेको भन्दै थप खोप केन्द्रको व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया