

लामो दूरीका सवारी साधनको भाडा २० देखि २८ प्रतिशतले बढ्यो, कहाँ जान कति? (सूचीसहित)

काठमाडौं – सरकारले देशभर बढेको सवारीको भाडादर सार्वजनिक गरेको छ । असार २७ गते केपी ओली सरकारले गरेको भाडा बढाउने निर्णयलाई यातायात व्यवस्था विभागले गत शुक्रबार सार्वजनिक गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असार २७ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडिको भाडा २० देखि २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो ।
विभागले बढेको भाडादर दुई वा दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागु हुने जनाएको छ । अघिल्लो सरकारले यात्रु बाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियो ।
पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २० प्रतिशत भाडा बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालबहाक सावरीको २६ प्रतिशतले भाडा बढेको छ ।

