

ओली सरकारले ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुने

काठमाडौं – गत जेठ १६ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा टेबुल हुने भएको छ । अर्थमन्त्रालयमा शुक्रबार आयोजित परिचयात्मक कार्यक्रममा उनले त्यस्तो जानकारी गराएका हुन् ।
बजेट अध्यादेश अब संसदको बिजनेस भएको भन्दै अर्थमन्त्रीले उक्त अध्यादेश अब संसदको बिजनेस हुने बताए । संसद बैठक ३ साउनमा बोलाइएको छ ।
मन्त्री शर्माले संसदले जसरी चाहान्छ, त्यहीअनुसार बजेट अगाडि बढ्ने बताए । प्रतिस्थापन गर्ने वा नयाँ बजेटको प्रक्रियामा जाने भन्ने विषय समेत संसदले तय गर्ने उनले जानकारी दिए ।

