अफगानिस्तानलाई सहयोग गर्ने चीनको भनाई


दससानबे – चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताए । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुर्‍याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा राखेका हुन् ।

उनले पछिल्लो समयमा अफगास्तिानमा कोभिड महामारीका सङ्क्रमितहर बढ्दै गएको भन्दै महामारीसँग लड्ने औषधि स्वास्थ्य औजारहरुका साथै खोप आदि उपलब्ध गराएर चीनले अफगानिस्तानलाई सहयोग गर्ने विदेशमन्त्री वाङले जानकारी दिएका हुन् ।

विदेशमन्त्री वाङले अफगानिस्तानका विदेशमन्त्री मोहमद हानिफ आतमारसँग बिहीबार भएको द्धिपक्षीय भेटवार्ताका क्रममा सो सहयोगको आश्वासन दिएका हुन् । उनले सो भेटका अवसरमा चीन र अफगानिस्तान पहाड तथा नदीले छुट्याएका दुई छिमेकी देशहरु हुन् भनेका छन् । अफगानिस्तानसँग चीनको विगत धेरै लामो समयदेखिको मित्रता रही आएको पनि सो अवसरमा उनले बताए ।

उनले त्यस अवसरमा हाल अफगानिस्तानमा रहेका चीनका नागरिक र चिनियाँ विभिन्न संघ संस्था आदिको सुरक्षाका लागि पनि आग्रह गरे। अफगानिस्तानमा हाल तालिबानी लडाकूहरुले दिन प्रतिदिन हिंसात्मक हमलाका घटना बढाएका छन् । जसका कारण यहाँ दैनिकजसो नागरिकको ज्यान जान थालेको पनि पाइएको छ ।

प्रतिक्रिया