

नवनियुक्त प्रधानमन्त्री देउवा कोटेश्वर जाँदै

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरमा जाँदैछन् ।
दुई नेता निकट स्रोतका अनुसार अहिले केहीबेरमा नेता नेपाललाई भेट्न देउवा उनकै निवासमा जान लागेका हुन् ।
माधव नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दावी पेश गरेका थिए ।
पछि सर्वोच्च अदालतले देउवाको उक्त दावी नै वैधानिक भनी प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको थियो ।

