

जापानले नेपाललाई सहयोगस्वरुप १६ लाख डोज खोप दिने

काठमाडाैं – जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोड खोप सहयोगस्वरुप उपलब्ध गराउने भएको छ ।
जापानले कोभ्याक्स कार्यक्रम अन्तर्गत अस्ट्राजेनेकाको खोप सहयोगस्वरुप दिने भएको हो । आज नेपालस्थित जापानी दूतावासले एक विज्ञप्ति निकाल्दै नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउन लागिएको जानकारी दिएको हो ।
जापान सरकारको अनुदान सहायता कार्यक्रम अन्तर्गत ३०० जेनेरेटर, अल्ट्रासाउन्ड सहित ६ वटा एम्बुलेन्स समेत उपलब्ध गराउने जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयले जापानले दिएको खोप छिट्टै नेपाल ल्याउने तयारी भैरहेको जानकारी दिएको छ । यससँगै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १० लाख भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई यस खोप प्रदान गरिने जनाइएको छ ।

