

अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायता आवश्यक: राष्ट्र संघ

काबुल – लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्ताका आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसंख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।
मानवीय सहायता आवश्यक पर्नेमा पाँच वर्षमुनिका बालबालिका पनि अग्रसूचीमा छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ । त्यसैगरी कोरोना भाइरसलगायतका रोग तथा विभिन्न प्रकोप पनि मानवीय सहायता आवश्यकताका कारण रहेका छन् ।
अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविषेश प्रतिनिधि रामिज अल्काब्रोभले आक्रमण र मृत्युका घटनाहरू भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरूको संख्या बढ्दै गएको बताए । उनले मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि सबैलाई आह्वान समेत गरे ।

