तोलामा २०० रुपैयाँले बढेकाे सुनको मूल्य आज कतिमा हुँदैछ काराेबार ?


काठमाडौं – गत सोमबार प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार २०० मा झरेको सुनको मूल्य मंगलबार पुनः ९२ हजार ४०० रुपैयाँमा उक्लिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो । यस दिन तेजाबी सुन समेत गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने गत सोमबारको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया