पोखरा महानगरकी उपप्रमुख गुरुङमा कोरोना पुष्टि


कास्की । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले राससलाई जानकारी दिए । तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् ।

पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आफ्नै घरमा छुट्टै बसेकी गुरुङले भनेकी छिन, “छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेकी छु ।”

प्रतिक्रिया