

कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु

काठमाडौं – सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा सुरु भएको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बसेको हो ।

