आगामी योजनाबारे छलफलमा जुट्दै विपक्षी गठबन्धन


काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरे सँगै विपक्षी गठबन्धनको बैठक माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्दैछ ।

सर्वोच्च्ले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।

प्रतिक्रिया