सर्वोच्चले संविधान र लोकतन्त्रलाई जीवित राखेको छः नेता नेपाल


काठमाडौं – सर्वोच्चको संसद ब्यूँताउने सोमबारको आदेशपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् ।

‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने ।

संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भने । सर्वोच्चले सोमबारको फैसलामा आफ्नो गरिमा बढाएको उनले बताए ।

प्रतिक्रिया