कार्यदल बैठक जारी, स्थायी कमिटी बैठक बस्न सकेन


काठमाडौं – नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल बैठक जारी रहँदा नेता घनश्याम भुसालले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा कार्यदलको बैठक चलिरहँदा नेता नेपालसँग छलफल गर्न कार्यदलका सदस्य नेता भुसाल कोटेश्वर पुगेका हुन् । नेता नेपालसँग कुराकानी गरेर भूसाल फर्किए पछि पनि कार्यदलको बैठक जारी छ ।

कार्यदलको बैठक नसकिए पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह चार बजे बोलाएको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

प्रतिक्रिया