विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ एमाले सडकमा


काठमाडौं – विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ नेकपा एमालेले सडक प्रदर्शन गरेको छ ।

आइतबार रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा विपक्षी गठबन्धनविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित पोस्टकार्ड बोकेका थिए, जसमा ‘खेलाडीहरु जाग्दैछन्, राष्ट्रघातीहरु भाग्दैछन्’, ‘खेलाडीहरुको आह्वान, तोकिएको मितिमा निर्वाचन’ जस्ता नारा लेखिएका थिए ।

 

प्रतिक्रिया