

सिंहदरबार घेर्न गएका बृहत् नागरिक आन्दोलनका नागरिक अभियन्ता पक्राउ

काठमाडौं – सिंहदरवार घेर्न पुगेका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।
बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रनेतालगायतलाई प्रहरीले पक्राउ गरेको हो।
नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’मा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् । कार्यक्रम शुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित भएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा सरकारले वार्ताका लागि पहल नगरेको भन्दै नागरिक आन्दोलनले दबाब स्वरूप सिंहदरवारमा धर्ना दिने दिने कार्यक्रमको आयोजना गरेका थिए।

