अमेरिकामा एकैदिन थप १ लाख ६९ संक्रमित, १ हजार ९ सय बढीको मृत्यु


काठमाडौं – अमेरिकामा एकै दिन संक्रमित संख्या १ लाख ६९ हजार बढी थपिएका छन् । पछिल्ला दिनमा अमेरिकामा संक्रमितसँगै मृतकको संख्या पनि बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा मात्र १ हजार ९ सय २० जनाले कोरानाकै कारण ज्यान गुमाएका छन् भने १ लाख ६९ हजार ६ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १८ लाख ६९ हजार ७ सय ४२ पुगेको छ भने मृतकको संख्या २ लाख ५६ हजार २ सय १८ पुगेको छ ।

अमेरिकामा पछिल्ला दिनमा कोरोनामुक्त हुनेको संख्या पनि कम हुँदै गएको छ । अमेरिकामा हालसम्म ७१ लाख ६० हजार ६ सय ४७ जना कोरोनामुक्त भएका छन् भने ४४ लाख ५२ हजार ८ सय ७७ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै २१ हजार ९ सय भन्दा बढी संक्रमित गम्भीर अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ५ हजार ६ सय ९ जना संक्रमित थपिएका छन् । यससँगै हालसम्म विश्वभर संक्रमितको संख्या ५ करोड ६५ लाख ४४ हजार ५ सय ४१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा १० हजार ८ सय ४८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ५३ हजार ९ सय १८ पुगेको छ ।

विश्वमा हालसम्म ३ करोड ९३ लाख ३५ हजार ६ सय ५ जना कोरोनामुक्त भइसकेका छन् भने १ करोड ५८ लाख ५५ हजार १८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया