

मैलुङ खोलालाई आईपीओ बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं – नेपाल धितोपत्र बोर्डले मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ । बोर्डले ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।
अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । यो जलविद्युत आयोजना रसुवा जिल्लामा अवस्थित छ ।

