ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै


काठमाडौं – जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ ।

खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह र जुुडोमा सोनिया भट्टले यस पटक नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

नेपालको अनुरोधमा आ–आफ्नो खेलविधामा पुु¥याउनुभएको योगदानका आधारमा उनी पाँचैजना वाइल्ड कार्डमार्फत छनोटमा परेकी हुन् । छनोट हुनेमध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथेलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी हुन् ।

सेनाद्वारा खेलाडी सम्मान

सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीको सम्मानमा आज बधाई तथा शुुभकामना कार्यक्रम ग¥यो । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रममा ती दुवै खेलाडीलाई सम्मानस्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गरे ।

सो अवसरमा प्रधानसेनापति थापाले मुलुकको खेलकूद क्षेत्रको विकासमा सेनाले गौरव गर्न लायक रूपमा दिँदै आएको योगदान र निरन्तरका आधारमा हालसम्म सङ्गठनका २४ खेलाडीले ओलम्पिकमा आफ्नो कौशल प्रस्तुत गर्न सफल भएको बताए ।

 

प्रतिक्रिया