मोदी मन्त्रिपरिषदमा व्यापक फेरबदल, ११ महिलासहित ४३ मन्त्री थपिँदै


दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार आफ्नो मन्त्रिपरिषद फेरबदल गर्दैछन् ।

आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषदमा फेरबदल गर्न लागेका हुन् । मन्त्रिपरिषद फेरबदल पछि नियुक्ति हुने नयाँ ४३ जना मन्त्रीले आज ६ बजे सपथ ग्रहण लिने कार्यक्रम छ ।

मोदीको नयाँ मन्त्रिपरिषदमा १३ जना महिला अनुहार हुने भएका छन् । मन्त्रिपरिषदमा १८ जना पूर्वराज्य मन्त्री सहभागि हुनेछन् । जसमा चारजना पूर्वमुख्य मन्त्री सामेल हुनेछन् ।

पुरानो मन्त्रिपरिषद्का केहीलाई हटाइने भएको छ । मोदीको क्याबिनेटमा पाँच अल्पसंख्यक मन्त्री हुनेछन् । जसमा १ मुस्लिम, १ शिख, १ बौद्ध र १ इसाइ धर्मावलम्वी हुनेछन् । आठजना जनजाति मन्त्री हुनेछन् ।

 

प्रतिक्रिया