

जसपाको विवाद टुंग्याउन पाँच सदस्यीय इजलास गठन

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ ।
आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय गरेको छ ।
यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउनसमेत भनिएको छ ।

