

राष्ट्रियसभाको चौथो बैठक आज दिउँसो १ बजे , लोक सेवा लगायतको वार्षिक प्रतिवेदन पेस हुने

काठमाडौँ – राष्ट्रिय सभाको आठौँ अधिवेशनको आज चौथो बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा लोक सेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदनलगायतका अन्य प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६र०७७, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा यही असार १७ गतेदेखि राष्ट्रियसभाको आठौँ अधिवेशन जारी छ।

