लगातार ओरालो लाग्दै नेप्से, कारोबार रकम पनि सवा चार अर्ब माथि


काठमाडाैं – लगातार तेस्रो दिन मंगलवार (आज) पनि शेयर बजार काराेबार मापक नेप्से घटेको छ । नेप्से ५.२४ अङ्कले घटेर २८ सय १८ दशमलव १० विन्दुमा झरेको छ ।

आज बैंकिङ, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढेको छ । तर विकास बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर घटेको छ ।

हिजो जस्तै कारोबार रकम आज पनि साढे चार अर्ब रुपैयाँ हाराहारीमै सीमित भएको छ । दुई सय २० कम्पनीका एक करोड एक लाख कित्ता शेयर चार अर्ब २२ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज एचआईडीसीएल र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्रिय बीमा कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया