सुन मूल्य ३०० रुपैयाले बढ्यो, तोलाको कति पुग्यो ?


काठमाडौं – नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार सुन चाँदीको मूल्य बढेको छ।

मंगलबार सुनको मूल्य ३०० रुपैयाँ बढेर प्रति तोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार सुन तोलाको ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर तोलाको १३ सय ३० रुपैयाँ मा कारोबार भइरहेको छ।

प्रतिक्रिया