

ब्राजिल कोपा अमेरिकाको फाइनलमा
उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने

ब्राजिल — साविक विजेता ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ।
मंगलबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा यसअघिको उपविजेता पेरूलाई १—० गोलले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो।
ब्राजिलको जितमा लुकास पाक्युटाले ३५ औं मिनेटमा नेयमारको पासलाई गोलमा परिणत गर्दै अघिल्लो पटकको उपविजेता पेरुलाई हराउँदै फाइनलमा पुग्न सफल भयो। ब्राजिल १ गोलले अघि रहेको खेलमा त्यसपछि कुनै गोल हुन नसकेपछि खेल सकिएको थियो । नेयमारले उपलब्ध गराएको पासमा उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए।
ब्राजिलले उपाधिका लागि फाइनलमा अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग खेल्नेछ ।

