सरकारी वेबसाइटहरुमा रहेकाे नक्सा सच्याउन आग्रह


काठमाडौं – सरकारका धेरै वेबसाइटहरुमा नेपालको पुरानो नक्सा नै रहेको भन्दै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले सच्याउन आग्रह गरेका छन् ।

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलोपल्ट बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले शपथ सम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको पनि बताए । अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर सपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले सपथ सम्बन्धी अध्यादेश जारी गरेर संविधान विपरीत काम गरेको टिप्पणी गरे । राष्ट्रपतिको यो कदमले संविधानको संरक्षण र सम्वर्द्धन हुन नसक्ने उनले बताए ।

प्रतिक्रिया