प्रतिनिधि सभा विघटनको मुद्दा हेर्दाहेर्दमा, २८ असारमा ‘फैसला’


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको बहस सोमबार सकिएको छ। पक्ष र विपक्षसहित एमीकस क्युरीको समेत राय सुनेको सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला एक हप्तापछि सुनाउने सम्भावना बढेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेका छन्।

बहसका क्रममा रिट निवेदनकर्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिने या नदिने भन्ने पनि सोही दिन फैसला हुने भएको छ।

प्रतिक्रिया