एमीकस क्युरीको राय सुनेपछि आजै सकिनेछ सदन विघटनको बहस, फैसला कहिले?


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा पक्ष विपक्षको बहस सकिएको छ। रिट निवेदनकर्ताका तर्फबाट जवाफी बहस सकिएपछि अब दुई घन्टा एमीकस क्युरीको राय संवैधानिक इजलासले सुन्न थालेको छ।

९ असारदेखि निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा सोमबार रिट निवदेक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका वकिलहरूले संसद पुनःस्थापना गर्दै प्रधानमन्त्री नियुक्तिको परमादेश हुनुपर्ने जिकीर छाडेनन्।

अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गरेका थिए। समयमा नै एमीकस क्युरीको राय बहस सकिए फैसलाको मिति तोकिने सम्भावना छ। एमीकस क्युरीको राय बहस नसकिएको खण्डमा भने सोमबार फैसला हुन सक्ने बताइन्छ।

प्रतिक्रिया