यस्तो बन्यो मध्यावधि निर्वाचन कार्यतालिका!


काठमाडौं – निर्वाचन आयोगले मध्यावधि निर्वाचनको सार्वजनिक गर्न लागेको छ। आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उम्मेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार गरेको हो ।

दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गते मनोनयन दर्ता गर्ने र कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचन घोषण गरेको थियो ।

आयोग स्रोतका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

यस्तै दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ । ३१ गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने प्रारम्भिक तयारी छ ।

प्रतिक्रिया