मन्त्रिपरिषद एक घन्टापछि धकेलेर राष्ट्रपति कार्यालय किन पुगे प्रधानमन्त्री ओली?


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन्। त्यसअघि उनले १ बजेका लागि बोलाएको मन्त्रिपरिषदको बैठकलाई एक घन्टा धकेलेर २ बजे राखेका छन्।

प्रधानमन्त्री ओली निरन्तर राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शमा छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद चलिरहेका बेला ओलीको शितलनिवासमा जाने तारन्तारलाई अर्थपूर्ण मानिएको छ।

राष्ट्रपति भण्डारी नेकपा विवादलाई समाधानका लागि सक्रिय भएकी छन्। उनले मंगलबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेकी थिइन्।

यसैबीच नेकपा सचिवालय बैठक बालुवाटारमा १ बजे बस्ने भएको छ। प्रधानमन्त्री ओलीको उपस्थिति हुने या नहुने भन्ने खुलिनसके पनि बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

प्रतिक्रिया