

आमा सीताको जन्मदिनमा छोरी रेणु लेख्छिन्– ‘ममी स्वास्थ्य अवस्था एकदमै कमजोर छ’

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था एकदमै कमजोर रहेको जनाइएको छ ।
६७ औं जन्मदिनका अवसरमा सीतापुत्री एवं भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी गराएकी हुन् ।
आमा सीताको जन्मदिनको अवसरमा रेणुले लेखेको स्टाटसमा उनको स्वास्थ्य अवस्था एकदमै कमजोर रहेको उल्लेख गरिएको छ । ‘स्वास्थ्य अवस्था एकदमै कमजोर छ । फेरि पनि रोगसँग लडाई लडिरहनु भएकै छ, ममी तपाईले’, रेणुले लेखेकी छिन्, ‘जीवनमा धेरै संघर्ष गर्दै आउनुभयो र अहिले रोगसँग पनि संघर्ष गरिरहनु भएकै छ ।’
लामोसमयदेखि अस्वस्थ्य रहेकी सीताले पछिल्लो पटक उपत्यकाको मेडिसिटी अस्पतालमा उपचार गराइ घरमै स्वास्थ्यलाभको कामना गरिरहेकी छिन् । अन्त्यमा, सीताको स्वास्थ्यलाभको कामना गर्दै जन्मदिनको धेरै धेरै शुभकामना ।
रेणुको स्टाटसः
आदरणिय ममिको आज ६७आौं जन्मदिन
स्वास्थ्य अबस्था एकदमै कमजोर छ। फेरीपनि रोग संग लडाई लडिरहनु भएकै छ, ममि तपाईले।जिवनमा धेरै संघर्ष गर्दै आउनु भयो र अहिले रोग संग पनि संघर्ष गरिरहनु भएकै छ। आदरणिय ममिको जन्मदिनको अबसरमा सुस्वास्थ्य र दिर्घ जिबनको कामना गर्दछु।

