

कुलेश्वर केन्द्रबिन्दु हुँदै काठमाडौंमा एकाबिहानै भूकम्प

काठमाडौं – काठमाडौं उपत्यकामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
यो विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।

