

राष्ट्रिय सभाको दोस्रो बैठक दिउँसो २ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – राष्ट्रिय सभाको आठौँ अधिवेशनको दोस्रो बैठक आज दिउँसो २ बजे बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन,२०७७/०७८ पेस गर्ने तयारी छ ।
राष्ट्रिय सभाको आठौँ अधिवेशनको पहिलो बैठक असार १७ गते बसेको थियो ।

