

जिते पनि हारे पनि महाधिवेशन गराएरै छाड्छु : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन गराएरै छाड्ने बताएका छन् । आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँगको छलफलमा सभापति देउवाले आफू हार्ने भए पनि पार्टीको महाधिवेशन गराएरै छाड्ने बताएका हुन् । ‘महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको बताउँदै उनले भने,’ जिते पनि हारे पनि महाधिवेशन गराएरै छाड्छु । त्यसका लागि अब धमाधम काम हुनुपर्यो ।’
पदाधिकारी बैठकमा क्रियाशील सदस्यताबारे बनेको सहमतिको जगमा महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी आ-आफ्नो जिम्मेवारी पूरा गर्नपनि देउवाले निर्देशन दिए । उनले सदस्यता छानबिन समितिमा रहेका नेताहरुलाई अधिकतम सहमति जुटाउन र विवाद नटुंगिए स्थगित गरेर अगाडि बढ्नसमेत निर्देशन दिएका छन् ।
बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह-महामन्त्री डा.प्रकाशशरण महत, सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक र सदस्यहरु रहेका थिए । बैठकमा क्रियाशील सदस्यताको सन्दर्भमा भएका कामबारे छलफल भएको छानबिन समितिको सदस्य समेत रहेका नेता श्यामकुमार घिमिरेले जानकारी दिए ।
यसपटक कांग्रेसले क्रियाशील सदस्यहरुको संख्या १० लाख पु¥याउँदैछ । कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

